वैशाख २३, २०८१ आइतबार May 5, 2024

निम्न माध्यमिक तहको नतिजा प्रकाशित गर्ने आयोगको अन्तिम तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको विषयगत परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको जनाएको छ । आयोगले प्राविधिक कठिनाइ नआए यही हप्ताबाट नतिजा प्रकाशन गर्ने तयारी गरेको जनाएको हो ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले कुनै प्राविधिक कठिनाइ नआए यही हप्ताबाट नतिजा प्रकाशन गर्ने तयारी गरेको जानकारी दिए । उनले भने “कुनै प्राविधिक कठिनाइ नआए आयोगले याही हप्ताबाट निम्न माध्यमिक तहको विषयगत परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी थालेको छ । यदी कुनै कठिनाइका कारण यो हप्ता नतिजा नआए अर्को हप्ताबाट नतिजा प्रकाशन हुन्छ ।”

आयोगले २०७८ पुसमा विज्ञापन गरेको थियो भने करीब २१ हजार उम्मेदवार परीक्षामा सहभागी भएका थिए । त्यसैगरी निम्न माध्यमिक तहको नतिजा प्रकाशन पश्चात मात्र प्राविको नतिजा प्रकाशनको तयारी थाल्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया