श्रावण ७, २०८२ बुधबार July 23, 2025

ई-सिम, निःशुल्क लिन एनसेलको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले ई-सिम वितरण गर्न थालेको छ । शुक्रबारदेखि याे सेवाकाे थालनी भएकाे जानकारी दिँदै कम्पनीले ई-सिमको प्रयोगमार्फत फाइदा लिन ग्राहकलाई अनुरोध गरेको छ ।

ई-सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई-सिम सपोर्ट गर्ने मोबाइल वा उपकरणभित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई-सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई-सिममा अपग्रेड गर्नसक्ने कम्पनीले जनाएकाे छ । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, ईमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्छ ।

ई-सिम लिनुअघि ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्छन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्नेछैन । ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई-सिममा अपग्रेड गर्न सक्छन् ।

नयाँ ग्राहकले पनि कुनै पनि एनसेल सेन्टरबाट आफूले चाहेको ‘स्टार्टर प्याक’का साथ आवश्यक प्रक्रिया पूरा गरी ई-सिम लिनसक्छन् । ई-सिम सुविधा लिनका लागि, ग्राहकका साथमा ई-सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ ।

ग्राहकले आफ्नो मोबाइल ई-सिम चल्ने/नचल्ने थाहा पाउन *#०६# डायल गर्नुपर्छ । यदि इम्बेडेड आइडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई-सिम चल्छ ।

उपभोक्ता र व्यवसाय दुवैमाझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई-सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

आईफोनका पछिल्ला मोडलहरु जस्तै; आईफोन एक्सएस सिरिज, आईफोन ११ सिरिज, आईफोन १२ सिरिज, आईफोन १३ सिरिज र आईफोन १४ सिरिजमा ई-सिमको सुविधा रहेको छ । त्यसैगरी सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई-सिमको चल्ने सुविधा छ ।

ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलमा एकभन्दा बढी ई-सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ ।

ई-सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङ्गस्मा पनि ठूलो महत्व राख्दछ । विकसित देशहरुमा यस्ताे सिम कार, घरायसी सामानहरु र औद्योगिक क्षेत्रका मसिनहरुमा पनि प्रयोग हुने गरेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार