असार ३१, २०८२ मंगलबार July 15, 2025

त्रिविले सुरु गर्‍यो चारवर्षे बिएसडब्लू शैक्षिक कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट सेमेस्टरमा आधारित चारवर्षे सामाजिक कार्य (बिएसडब्लू) कार्यक्रम सुरु गरेको छ । यो वर्ष त्रिविका पाँच आंगिक क्याम्पसले अनुमति पाएका काठमाडौं उपत्यकामा सरस्वती क्याम्पसले मात्र अनुमति पाएको छ ।

मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालयअन्तर्गत स्नातक तहमा सेमेस्टर प्रणालीमा आधारित एकल अनुशासकीय चारवर्षे कार्यक्रमका रूपमा बिएसडब्लू सुरु भएको हो । पाँचवटा क्याम्पसलाई शैक्षिक वर्ष ०७९/८० देखि नै कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो ।

अनुमति पाउनेमा काठमाडौंको लेखनाथमार्गस्थित सरस्वती बहुमुखी क्याम्पस, इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस, मोरङको महेन्द्र मोरङ बहुमुखी क्याम्पस, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस र कास्कीको पृथ्वीनारायण क्याम्पस छन् ।

यसअघि स्नातक तह (बिए)मा वार्षिक प्रणालीमा एउटा विषय सामाजिक कार्य विषय पढाइ भए पनि एकल अनुशासकीय कार्यक्रम भने पहिलोपटक सञ्चालन हुन लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार