असार ३१, २०८२ मंगलबार July 15, 2025

चेपाङ बालबालिका टुकीमै पढ्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः ईच्छाकामना गाउँपालिका(१ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ ।

ईच्छाकामना गाउँपालिका(१ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन । वडा नं ३, ४, ५ र ६ का केही भागमासमेत विद्युत् पुग्न सकेको छैन । वडा नं १ को छाप्राङ, भाराङ, ज्यान्दालालगायतका ठाउँका बासिन्दा टुकिकै भरमा छन् । वडा नं २ का डुम्किन, भोटेगाउँ, हपनी, माथिल्लो काउले जस्ता भागमा पनि बिजुली छैन ।

कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का धेरै भागमा विद्युत् पुग्न बाँकी छ । वडा नं ८ को बुङ्गखोला क्षेत्रमा पनि बिजुली पुगेको छैन । भरतपुर महानगरपालिका २९ का केही घरमा अझै बिजुली पुगेको छैन ।

ईच्छाकामना गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विभागले विसं २०७५ साल कात्तिक १२ गते बोलपत्र आह्वान गरी काम लगाएको भए पनि ठेकेदारले काम नगर्दा परियोजना अलपत्र छ । विभागका निर्देशक विक्रम अमात्य दुई वर्षको मिति सक्किएपछि जनमुखी कन्स्ट्रक्सन–बागमती कङ्क्रिट जेभीलाई कारबाही प्रक्रिया अगाडि बढाएकोमा अदालत पुगेका कारण काम रोकिएको बताउनुहुन्छ ।

अदालतको फैसला कुर्नु परेकाले काम हुन नसकेको उहाँको भनाइ छ । ठेक्का आयोजना रु पाँच करोड सात लाखमा सकारेको कम्पनीले एक सय २० थान पोल झार्ने बाहेक केही काम नगरेपछि ठेक्का रद्द गरिएको छ । पत्र बुझ्नु अघि नै अदालत गएपछि काम रोकिएको अमात्य बताउनुहुन्छ ।

उक्त मुद्दाको पेशी मङ्सिर २० मा परेकाले यसपछि विकल्पको खोजी गरिने अमात्यको भनाइ छ । कालिका नगरपालिकामा विद्युतीकरणका लागि रत्ननगर वितरण केन्द्रले काम गरिरहेको छ । इञ्जिनियर विक्रम श्रेष्ठ मजदूरका लागि ठेकेदार कम्पनीलाई जिम्मा दिइएको भए पनि प्राधिकरणले सामान दिन नसक्दा समस्या भएको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार