असार २७, २०८२ शुक्रबार July 11, 2025

प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न याेग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको एक सय ६५ सिटमध्ये एक सय ६२ सिटको प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा हुँदा कांग्रेस ५३ सिटसहित पहिलो स्थानमा रहेको छ । यसैगरी, यसअघि प्रतिनिधिसभाा पहिलो दल रहेको एमाले कांग्रेसभन्दा नाै सिट कम रहदै ४१ स्थानमा विजय हासिल गरेको छ ।

उता, अघिल्लो पटक ३६ सिटमा विजय हासिल गरेकाे माओवादी केन्द्र यसपटक १७ सिटमा सिमित भएर तेस्रो स्थानमा रहेको छ । माओवादी यसअघि पनि तेस्राे स्थानमा थियो ।

एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले १० सिटमा विजय हासिल गरेर चौथो स्थानमा छ । यो पार्टी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उठेको हो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र पहिलो पटक निर्वाचन प्रक्रियामा सामेल भएको रवि लामिछाने नेतृत्वको समाजवादी पार्टीले ७–७ स्थानमा विजय हासिल गर्दै पाँचौ नम्बरमा रहेका छन् । जसपा यसअघि चौथौ स्थानमा रहेको थियो ।

उता, अघिल्लो प्रतिनिधिसभामा एक सिटमा मात्रै सिमित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक सात सिटमा विजय हासिल गरेको छ भने पाँचौ स्थानमा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी चार सिटमा खुम्चिएको छ ।

पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बनाएको रेशमलाल चौधरी आवद्ध नागरिक लोकतान्त्रिक पार्टीले सुदुरपश्चिम प्रदेशवाट तीन सिटमा विजय हासिल गर्दा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी  र जनमत पार्टीले १–१ स्थानमा विजयी भएका छन् ।

विगतमा माओवादी केन्द्रबाट विजय हासिल गर्दै आएका प्रभु साहले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार भई रहँदा मुलुकभर पाँच जनाले स्वतन्त्रबाट विजयी हासिल गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार