असार ३१, २०८२ मंगलबार July 15, 2025

विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध असहमति जनाउँदै पाँच सदस्यले दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ५ लफ्याङस्थित श्रीमावि बाँसबोटेको व्यवस्थापन समितिका पाँच सदस्यले राजीनामा दिएका छन् ।

विद्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता भएको, विव्यास अध्यक्षले एकलौटी गरेकोलगायतका कारण देखाउँदै व्यवस्थापन समितिका सदस्य गिरीराज घिमिरे, बुद्धिमायाँ श्रेष्ठ, सहरमान विश्वकर्मा, रामबहादुर मग्राती र प्रश्नराज राईले आइतबार विद्यालयमा सामूहिक राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारको बजेटबाट विद्यालयको भवन निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको केही समयपछि पाँच सदस्यले राजीनामा दिएका हुन् । उनीहरूले व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र राईले अन्य सदस्यसँग राय, सल्लाह र सुझाव बेगर एक्लौटी ढंगबाट कार्य सञ्चालन गर्दैआएको आरोप लगाएका छन् ।

अध्यक्षले आफूखुसी गर्दा विद्यालयको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रमा दिर्घकालिन क्षती पुग्ने अवस्था देखिएकाले तत्काल सो कार्य बन्द गर्न माग गरिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

विद्यालयको भवन निर्माणका क्रममा नगरसभा सदस्य विद्यालय व्यवस्थापन समितिमा बसेर कमसल सामग्री प्रयोग गरेको र हिनामिना गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले गत २८ असोजमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई छानविनका लागि पत्राचार गरेको थियो ।

अख्तियारको सोही पत्रको आधारमा नगरपालिकाले भवन निर्माण गर्दाको योजनाको सम्झौता पत्र, लागत स्टीमेट, नापी किताव, कार्यदेश, मूल्यांकन प्रतिबेदन, कार्यसम्पन्न प्रतिबेदन, विल भपाई, निर्णयहरु, प्राविधिक फिल्ड प्रतिबेदन र सो भवन निर्माणाधिन अवस्थाको फोटो लगायतका विवरण तीन दिनभित्र उपलव्ध गराउनका लागि ८ मंसिरमा विद्यालयलाई पत्राचार गरेको थियो । विद्यालयले सोको जवाफ पठाइसकेको छ ।

अध्यक्ष राईले भने विद्यालयको भौतिक तथा शैक्षिक प्रगती देखेर जलेका केही व्यक्तिले राजनैतिक आस्थाको आधारमा अख्तियारमा उजुरी हाल्नेदेखि विव्यास सदस्यहरुलाई राजीनामा दिन लगाएको बताए । ‘विद्यालयको अधुरो भवन पुरा गर्नका लागि बजेट ल्याएँ । कक्षा १२ सम्मै निःशुल्क पठन–पाठनको व्यवस्था गरेँ । कोचिङ कक्षाको व्यवस्था मिलाएँ,’ विव्यास अध्यक्ष राईले भने, ‘विद्यालयमा भएको यो प्रगती देख्न नसक्नेहरुले षडयन्त्र गरेको हो । विद्यालय भवनको काम बराबरको रकम भुक्तानी भएर फछ्र्यौट भइसकेको छ । यसले मलाई केही फरक पर्दैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा
२०८२ असार ३१, मंगलबार