काठमाडौँ: आज नेपाली बजारमा सुनचाँदीकै मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य ४० रूपैयाँले बढेको जानकारी दिएको हो। यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६०० रूपैयाँ छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ थियो। हिजो बुधबार सुनको भाउ तोलामा २०० रूपैयाँले बढेको थियो ।
मंगलबार छापावाल सुन तोलामा ९७ हजार ४०० र तेजाबी सुन तोलामा ९६ हजार ९०० रूपैयाँ थियो। यस्तै, आज चाँदीको मूल्य एकैदिन ह्वात्तै बढेको छ। हिजो तोलामा १२ सय ९० रूपैयाँ रहेको चाँदीको मूल्य आज ४० रूपैयाँले बढेर १३ सय ३० रूपैयाँ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया