श्रावण ७, २०८२ बुधबार July 23, 2025

भिभोको ५ हजार एमएएच ब्याट्री सहित सस्तो फोन सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भिभोले आफ्नो सस्तो स्मार्टफोन ‘भिभो वाई जिरो टु’ (Y02) सार्वजनिक गरेको छ । गत वर्ष सार्वजनिक भएको भिभो वाई जिरो वनले बजारमा राम्रो स्थान पाएपछि कम्पनीले भिभो वाई जिरो टु सार्वजनिक गरेको छो । यो फोनमा ६.५१ इन्चको एचडी प्लस डिस्प्ले छ भने फोनको पछाडि गोलाकार भित्र ८ मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।

फोनमा सन् २०१८ मा सार्वजनिक भएको हेलियो पी २२ चिप प्रयोग गरिएको छ । यो फोन ३२ जीबी स्टोरेज सहित २ जीबी र ३ जीबी र्‍यामको भेरियन्टमा उपलब्ध छ । फोनमा १० वाटको फास्ट चार्जिङ सहितको ५,००० एमएएचको ब्याट्री दिइएको छ । एन्ड्रोइड १२ मा आधारित यो फोन फाइभजी फोन भने होइन । कम्पनीले फोनको मूल्य ९५ डलर अर्थात करिब १३,००० रुपैयाँ तोकेको छ ।

कम्पनीले फोनलाई छिट्टै नै एशियन बजारमा पठाउने बताएको छ । नेपालमा भने यसको मूल्य १५,००० रुपैयाँ सम्म पर्ने अनुमान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार