श्रावण ७, २०८२ बुधबार July 23, 2025

७ सय ८ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको ब्रोडब्यान्ड परियोजना ७ सय ८ वटा स्थानीय तहको कार्यालयमा पुगेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्यान्ड सेवा उपलव्ध गराउने १८ वटा प्याकेजमार्फत ७४ जिल्ला अप्टिकल फाइबर बिछ्याउने कार्य गरिरहँदा यतिको संख्या पुगेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्यचौकी, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा सञ्चारको पहुँच पु¥याउने उद्देश्यले प्राधिकरणको २०७३ जेठ ३१ को बैठकको निर्णयअनुरूप ग्रामीण दूरसञ्चार विकास कोषको उपयोग गर्दै आएको छ ।

१८ वटा प्याकेजमध्ये १० वटा प्याकेज सम्पन्न गरी अनुगमन तथा पुनःमूल्यांकनको कार्य सम्पन्न भइसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । आठवटा परियोजनाको तेस्रो चरणअन्तर्गतको मोनिटरिङ तथा भेरिफिकेसनको कार्य बाँकी रहेको बताइएको छ ।

प्राधिकरणका अनुसार परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्ममा ५ हजार ९ सय ३३ वटा वडा कार्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । यसैगरी ५ हजार ३ सय १८ ओटा माध्यमिक विद्यालयमा पनि ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । ४ हजार २ सय ४९ स्वास्थ्य संस्थामा समेत इन्टरनेट जडान हुँदा प्राधिकरणले १६ हजार २ सय ८ ठाउँमा निःशुल्क ब्रोडब्यान्ड जडान गरेको तथ्यांक रहेको छ ।

यी परियोजनाका लागि हालसम्ममा ५ अर्ब २९ करोड ८७ लाख ९५ हजार ९ सय ९८ रुपैयाँ खर्च भुक्तानी भइसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । ब्रोडब्यान्ड परियोजनाको जम्मा सम्झौता रकम भने ५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार २ सय ७६ रहेको छ ।

यो परियोजनाअन्तर्गत २० एमबीपीएस क्षमताको नन डेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गर्ने कार्य पर्छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनामध्ये भूकम्पबाट अति प्रभावित आठ जिल्लाका सबै स्थानीय तहको कार्यालयमा इन्टरनेट पु¥याउने कार्यक्रम रहेको छ । भूकम्प प्रभावित काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगाका सवै वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थामा क्षमता अभिवृद्धि गर्न र जडान गर्न बजेटको व्यवस्थाका साथै दुई वर्षको महसुलबापतको रकम उपलव्ध गराउने कार्यक्रम परियोजनामा समावेश रहेको छ ।

प्राधिकरणका अनुसार आठ जिल्ला ७६ गाउँपालिका र नगरपालिकामध्ये ७३ ओटा पालिकासँग सम्झौता भइसकेको छ ।

भूकम्पबाट अति प्रभावित आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयमा इन्टरनेट जडानका लागि ६ सय ५६ मध्ये ३ सय २६ वटा स्थानीय तहसँग सम्झौता भइसकेको छ ।

भूकम्पबाट अति प्रभावित आठ जिल्लाका स्थानीय तह, वडा कार्यालय, विद्यालय र हेल्थपोस्टमा इन्टरनेट पु¥याउने कार्य गर्ने कम्पनीलाई करबाहेक मात्रै ४ करोड १५ लाख ३८ हजार ४ सय ७९ रुपैयाँ भुक्तानी दिइसकेको बताइएको छ ।

यसका साथै काठमाडौं उपत्यकाबाहेकका ७४ जिल्लाका सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यअन्तर्गत करसहित १२ करोड ८६ लाख ५३ हजार १ सय ८२ रुपैयाँ करसहित भुक्तानी गरिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार