काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीको कारण एनसीसीएस सिप्यान क्रिकेट अवार्ड रद्द भएको छ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)का अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको कारण स्थगित गर्नुका साथै अवार्डको पुरस्कार रकम नेपाल सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा प्रदान गर्ने जानकारी दिएको छ।
सिप्यानले विभिन्न ५ विधामा क्रिकेट खेलाडी पुरुष, महिला, उदीयमान क्रिकेट खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने सार्वजनिक गरेको थियो। उसले ५ विधामा दिने रुकम ४ लाख ६२ हजार रुपैयाँ कोषमा दिने जनाएको थियो।
उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख ३२ हजार रुपैयाँ तथा वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको विजेताले समान ६६ हजार रुपैयाँ दिने घोषणा गरिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया