असार २८, २०८२ शनिबार July 12, 2025

कर्णाली प्रदेशसभाकाे २४ सिटमा तीन दलको प्रतिनिधित्व, सरकार गठन रोचक बन्ने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्णाली प्रदेश सभामा तीन राजनीतिक दलको मात्र प्रतिनिधित्व देखिएको छ । निर्वाचन अघि धेरै दलहरू देखिए पनि यस्ता दलहरूलाई कर्णालीवासीले नपत्याएको मतपरिणमले देखाएकाे छ । यस प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र एमालेको मात्रैकाे प्रतिनिधित्व हुनेछ ।

कर्णाली प्रदेशसभामा कांग्रेसले ९ सिट जितेको छ। यहाँ माओवादी केन्द्रले पनि ९ सिटमै जित निकालेको छ । एमालेले भने ५ सिट जितेको छ । प्रदेश सरकार गठनमा कर्णाली प्रदेशमा रोचक माहौल देखिने सम्भावना छ ।

बराबरी सिट जितेको कांग्रेस र माओवादीबीच सरकार नेतृत्व कसले लिने भन्नेबारे रस्साकसी हुनेछ । दुई दलले आ-आफ्नो नेतृत्वमा सरकार गठन गर्नु पर्ने दाबी रहँदा किचलो देखिन सक्नेछ ।

उनीहरूबीच यस विषयमा सत्ता सहकार्यका लागि एमाले र स्वतन्त्र सांसद निर्णायक हुनेछन् । एमाले र स्वतन्त्र सांसदलाई साथमा लिएर कांग्रेस र माओवादीमध्ये जसले बहुमत पुर्‍याउन सक्छ सो दलको नेतृत्वमा सरकार बन्न सक्नेछ । बराबर सिट पाएर पनि उनीहरूमध्ये एकले प्रतिपक्षमा बस्नुपर्नेछ ।

यद्यपि, संघीय सरकारमा कांग्रेस, माओवादी एउटै गठबन्धनमा रहेकाले प्रदेश तहमा समेत सोही गठबन्धनले निरन्तरता पाउने सम्भावना पनि छ । कर्णाली प्रदेश सभाका स्वतन्त्र सांसद भने ५९ वर्षीय देवेन्द्रबहादुर शाही हुन् । उनी जुम्ला ‘क’ बाट ९ हजार ६५४ मतसहित विजयी भएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार