असार ३१, २०८२ मंगलबार July 15, 2025

१० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गत २०७२ को भूकम्पले क्षति भएका दोलखाका १० वटा सामुदायिक विद्यालय भवन अझैसम्म पनि पुनर्निर्माण हुन सकेका छैनन् ।

भवन निर्माणको ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण सात वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा विद्यालयको पढाइ प्रभावित भइरहेको विद्यालयका प्रधानाध्यापकहरूले गुनासो गरेका छन् ।

एडिबीको अनुदान सहयोगमा निर्माण सुरु गरिएका यी विद्यालय भवनहरू समयमै निर्माण सम्पन्न नहुँदा विद्यालयको पढाइमा प्रत्यक्ष असर परेको सदरमुकाम चरिकोट स्थितको पशुपति कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले गुनासो गर्नु भयो ।

पढाइ मात्रै होइन विद्यालय प्राङ्गणमा जथाभाबी बालुवा, गिटीलगायतका निर्माण सामग्री थुपारिदिँदा खेलमैदान तथा अतिरिक्त क्रियाकलाप पनि प्रभावित भएको छ । नेपाल सरकारले पटक पटक म्याद थपे तापनि भवन पुनर्निर्माण सम्पन्न हुन सकेका छैनन् ।

दश वटै विद्यालय भवन निर्माण गर्न ठेक्का पाएको कम्पनीले पछिल्लो छ महिनादेखि विद्यालय भवनहरू अलपत्र पारेर छोडेको छ । कोरोनालगायतका कारणले गत असारसम्म म्याद थप भए तापनि अझैसम्म निर्माण काम थालिएको छैन ।

गर्मी र चिसो समयमा कटेरामा पढाउँदा अति कष्ट भएको गुनासो गर्दै देवी मावि बोचका किशोर दाहालले भन्नु भयो, कटेरामा एक कक्षाबाट आएको आबाजले अर्को कक्षामा बाधा पुग्दा सिकाइ राम्रो हुन सकेको छैन । नतिजाले देखाइरहे तापनि अर्को विकल्प नहुँदा कष्ट सहेरै पढाउनुपर्ने बाध्यता सात वर्षदेखि भोग्दै आएका छौँ ।

भूकम्पका कारण क्षति भएका यहाँका ३६३ विद्यालय भवनहरूमध्ये अधिकांश पुनर्निर्माण भइसकेका छन् । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शङकरबाबु श्रेष्ठले भन्नुभयो,  यो कम्पनीले निर्माण जिम्मा लिएका कालिन्चोक गाउँपालिकाका लापिलाङ मावि लापिलाङ र जनज्योति मावि, भीमेश्वर नगरपालिकाको पशुपति कन्या मावि चरिकोट, भीमेश्वर नगरपालिकाको देवी मावि बोच, मेलुङ गाउँपाकिाको सत्यश्वर मावि पवटी, तामाकोसी गाउँपालिकाको कालिका मावि हावा, वैतेश्वर गाउँपालिकाको जनज्योति मावि पुतलीकाठ, बिगु गाउँपालिकाका थम्पु मावि आलम्पु र चित्रे मावि लादुक, र सैलुङ गाउँपालिकाको शारदा मावि सैलुङ माविको भवन निर्माण हुन नसकेको हो ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार