काठमाण्डौः सुनको मूल्य मंगलबार तोलामा २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार पाँच सय रुपैया तोकिएको छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सयमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको १३ सय ९० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया