असार २८, २०८२ शनिबार July 12, 2025

मधेश प्रदेशको भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव र वीरेन्द्र सिंहको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मधेश प्रदेशको भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव र वीरेन्द्र सिंहको दाबी देखिएको छ । यादव कांग्रेस मधेश प्रदेशका सभापतिसमेत हुन् ।

रौतहट–१ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित यादव र सर्लाही–४ (१) बाट प्रदेशसभा सदस्यमा विजयी सिंहबीच मुख्यमन्त्री बन्न प्रतिस्पर्धा चलिरहेको छ । दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् । मुख्यमन्त्री बन्न दुवैले लविङ गरिरहेका छन् ।

मुख्यमन्त्रीमा धनुषा–३ (१)बाट प्रदेशसभामा निर्वाचित रामसरोज यादवको नाम पनि चर्चा छ । उनी पनि कांग्रेसकै हुन् । तर, रौतहटमा दलीय समीकरणका क्रममा मुख्यमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभामा उम्मेदवारी नदिएर प्रदेशसभा सदस्य बनाइएका यादवको दाबेदारी बलियो रहेको कांग्रेस नेताहरु बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन
२०८२ असार २८, शनिबार
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार