काठमाडौंः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका माग गरे भन्दा कम उम्मेदवार सफल भएका छन् । आयोगले निम्न माध्यमिक तहका लागि २ हजार ६०६ दरबन्दीका लागि विज्ञापन गरेकोमा अन्तर्वावार्तासम्म २ हजार ५०१ जना मात्र पुग्न सफल भएका हुन् ।
यस अनुसार आयोगले माग गरेभन्दा १०५ दरबन्दी रिक्त रहने गरी उमेदवार अन्तर्वार्तमा पठाउँदै छ ।
शिक्षक सेवा आयोग नियमावली ११ औं संशोधन आयोगले सामान्य परीक्षा १०० पूर्णाङ्कको, विषयगत परीक्षा १०० पूर्णाङ्कको, प्रयोगाात्मक र अन्तर्वार्ता २५–२५ पूर्णाङ्कको गर्नु पर्ने व्यवस्था भए पनि आयोगले अन्तिम चरणको छनोटको मानकका रुपमा अन्तर्वार्तालाई लिँदै आएको छ । नियमावलीले विषयको प्रकृति हेरी आवश्यक ठानेमा मात्र प्रयोगगात्मक परीक्षा लिने व्यवस्था गरेको छ ।
नियमावलीले विषयगत परीक्षाको नतिजा प्रकाशन गर्दा रिक्त पदसंख्या १ देखि ५ भए २ थप हुने, ६देखि १० भए ३, ११देखि १५ भए ४, १६ देखि २० भए ५, २१ देखि २५ भए ६, २६ देखि ३० भए ७, ३१ देखि ३५ भए ८, ३६ देखि ४० भए ९, ४१ र सो भन्दा माथि भए २० जना बढी उम्म्दवारको अन्तर्वार्ता लिने व्यवस्था छ ।
यो व्यवस्था हेर्दा निमाविमा पनि माग गरेभन्दा १०५ जना भन्दा बढी संख्यामा शिक्षक छनोट नहुने निश्चित छ । आजबाट लिइएको अन्तर्वार्तापछि निमावि तहमा पनि शिक्षक नियुक्तिका लागि आयोगले नयाँ शिक्षक छनोट गर्दै छ । आयोगले यसअघि माध्यमिक तह खुलामा एक हजार ५५२ पदका लागि विज्ञापन गरिएकोमा एक हजार १८२ जनाको मात्र सिफारिस भएको छ । आवश्यकताभन्दा ३७० जना कम शिक्षक सिफारिस भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया