असार ३१, २०८२ मंगलबार July 15, 2025

इन्जिनियरिङ पेसामा अवसर र चुनौती दुवै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्जिनियरिङ पेसा अवसर र चुनौती दुवै भएको पेसा भएको सरोकारवालाहरूले बताएका छन् । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरको डिपार्टमेन्ट अफ आर्किटेक्चर, सिभिल इन्जिनियरिङ एन्ड साइन्स हुम्युनिटीले शुक्रबार गरेको बिदाइ कार्यक्रममा उनीहरूले यसलाई सही रूपमा अगाडि बढे यो पेसामा थुप्रै अवसर रहेको बताए ।

नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा.अजयकुमार झाले यो पेसामा रहेका चुनौतीको समाधानका लागि काउन्सिलले सीपयुक्त इन्जिनियरहरू मात्रै काममा खटाउने योजना रहेको सुनाए । यसका लागि काउन्सिलले यो वर्षदेखि परीक्षा लिने तयारी गरिरहेको उनले उल्लेख गरे ।

इन्जिनियरिङको लाइसेन्सका लागि आगामी तीन महिनाभित्र सञ्चालन हुने जानकारी उनले गराए । झाले त्यसका लागि बढीमा दुई महिनाभित्र फर्म खुल्ने जनाए । ‘परीक्षाको मिति न अहिले नै निश्चित भएको छैन तर बढीमा तीन महिनाभित्र परीक्षा लिने योजना हाम्रो छ,’ उनले भने ।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले पढाइ पूरा नभई साँचो रूपमा पढाइ बल्ल सुरु भएको रूपमा लिन सुझाब दिए । ‘कामसँंगसँंगै सिक्ने पनि भएकाले यसलाई पढाइ सुरु भएको रूपमा लिन म सबै पासआउट विद्यार्थीलाई अनुरोध गर्दछु,’ उनले भने । उनले इन्जिनियरिङ पेसामा अवसर र चुनौती दुवै भएको अनुभव सुनाए ।

तीनवटा समूहका सिभिल इन्जिनियरिङका एक सय ४० जना र आर्किटेक्टका ४६ जना विद्यार्थीलाई बिदाइ गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार