असार ३१, २०८२ मंगलबार July 15, 2025

शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ डा. श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले शिक्षकलाई पढाउँदै आएकी छन् । शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत घर घरमा जनचेतना पुगोस् भन्ने हेतुले चन्द्रकोट गाउँपालिकाका शिक्षकलाई अङ्ग दानसम्बन्धी जानकारी गराएकी हुन् ।

गाउँपालिकाको बृहत् निःशुल्क स्वास्थ्य शिविरको लागि शान्तिपुरमा आएकी डा. श्रेष्ठले गाउँपालिकाका–१२ विद्यालयका १७ शिक्षकलाई मिर्गौला रोगसँगै अङ्ग दानसम्बन्धी जानकारी दिइन् । उनले मिर्गौलाको निःशुल्क डायलाइसिस र निःशुल्क प्रत्यारोपण हुन्छ भन्ने गाउँगाउँमा जानकारी नभएकाले शिक्षकमार्फत प्रत्येक घरमा जानकारी गराउन आग्रह गरेकी थिइन् ।

आर्थिक अभावमा मिर्गौलाको उपचार नरोकिने र प्रत्यारोपण गर्न परेमा मिर्गौला दिने र लिने दुई व्यक्ति भएमा पुग्ने उनले बताइन् । डा.श्रेष्ठले शरीरका आठ अङ्ग दान गरेर आठ जनलाई संसार देखाउन सकिने बताइन् । रोगले च्यापेर मृत्यु अवस्थामा पुगेपछि अनिवार्य अस्पतालमा पुर्याउनुपर्ने जनचेतना पनि गाउँगाउँमा आवश्यक रहेको उनको भनाइ छ ।

मिर्गौला विशेषज्ञ डा.श्रेष्ठले मिर्गौला असफल भएका बिरामी गाउँगाउँमा धेरै रहेको र यसको लक्षण पहिले नै नदेखिने भएकाले समय समयमा जाँच गर्न पनि शिक्षकले विद्यार्थी र विद्यार्थीले घरमा भनेर सबैलाई सचेत गराउन आवश्यक रहेको बताएकी थिइन् ।

बाह्र विद्यालयबाट सहभागी शिक्षकले मिर्गौला रोग र अङ्ग दानसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । वरिष्ठ विशेषज्ञ आएको समयमा अप्रत्यक्ष रुपमा गाउँगाउँका सचेतनाका लागि सबै शिक्षकलाई त्यससम्बन्धी शिक्षा दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नयनसिंह ठकुरीले जानकारी दिए । शिक्षकले विद्यालयमा विद्यार्थीलाई आफूले सिकेको कुरा सिकाउनेछन् ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले जनताको स्वास्थ्यप्रति गम्भीर हुँदै गाउँगाउँमा सचेतना होस् भनेर शिक्षकलाई चिकित्सकमार्फत जानकारी गराएको बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार