कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

ऊर्जा क्षेत्रमा लगानी जुटाउन ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल पूर्वाधार बैंक (निफ्रा) ले ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ ‘निफ्रा ऊर्जा ऋणपत्र’ बिक्री सुरु गरेको छ । सात वर्षे अवधिका लागि वार्षिक सात प्रतिशत ब्याज दिने शर्तमा ऋणपत्र बिक्री गर्न लागिएको हो ।\

बैंकले प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यका ५० लाख कित्ताले हुन आउने रु पाँच अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ऋणपत्रले हुन आउने रु तीन अर्ब बराबरको ऋण पूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । साथै बाँकी ४० प्रतिशत अर्थात २० लाख कित्ताले हुन आउने रु दुई अर्ब बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई गत कात्तिक २७ गते ऋणपत्र बिक्रीका लागि स्वीकृति दिएको थियो । बैंकले गत मङ्सिर २९ गतेदेखि ऋणपत्र बिक्री सुरु गरेको हो । ऋणपत्रको निष्कासन छिटोमा यही पुस ४ गते र ढिलोमा पुस १४ गतेसम्म बन्द हुनेछ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड छ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने लक्ष्यका साथ स्थापना भएको सो बैंकको अधिकृत पूँजी रु ४० अर्ब छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार