असार ३२, २०८२ बुधबार July 16, 2025

मनाङका विद्यालयमा विद्यार्थी संख्या घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिमाली जिल्ला मनाङमा  विद्यार्थीको सङ्ख्या घट्दो छ ।  जिल्लाका शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ ।

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मनाङका अनुसार कक्षा बढ्दै गएपछि कतिपय विद्यालयमा विद्यार्थी रित्तिने अवस्थामा पुगेका छन् ।

एकाइ कार्यालयको तथ्याङ्कअनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, सदरमुकाम चामे गाउँपालिकामा ५५, नासों गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी अध्ययनरत छन् ।

कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईंले बताए ।

इकाइ प्रमुख चपाईंले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा कूल ७२ जना रहेका छन् । चामे गाउँपालिकामा एक सय ७६, नासों गाउँपालिकामा एक सय ७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको जानकारी दिए ।

विशेषगरी कक्षा ६ देखिमाथिका कक्षामा विद्यार्थी घटेको शिक्षाको तथ्याङ्कले देखाएको छ । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने चपाईंले बताए । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी बाहिरिएको हुनसक्ने उनको भनाइ छ ।

जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर बालबालिका पढाउने आशा रहेको अभिभावकको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज चारवटा ससंदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ असार ३२, बुधबार
आजको मौसम पूर्वानुमान : पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको सम्भावना
२०८२ असार ३२, बुधबार
स्पेन गएका नफर्किएपछि सीआईबीले थाल्यो अनुसन्धान
२०८२ असार ३२, बुधबार
भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न सहमति प्रयास
२०८२ असार ३२, बुधबार
खानेपानीमन्त्री यादवको एक वर्ष : मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा
२०८२ असार ३२, बुधबार
बिचौलियाको योजनामा जग्गा हेर्न पोखरासमेत गएका थिए गुप्ता र रञ्जिता, होटलकै बिल सात महिनासम्म बाँकी
२०८२ असार ३२, बुधबार
मेलम्ची बाढीको पीडा : वारिपारि हेर्दै चित्त बुझाउँदै
२०८२ असार ३२, बुधबार