काठमाण्डौंः नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
दलको नेतामा चयन भएसँगै सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अधिकारीले प्रदेशमा रहेका अन्य राजनीतिक दलहरूसँग समेत छलफल गर्ने बताउनुभयो ।
यससँगै पूर्व गृहमन्त्री समेत रहनुभएका अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री हुने बाटो खुल्ला भएको छ । केन्द्रीय राजनीतिमा समीकरण बदलिएका कारण अधिकारीलाई मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।
अधिकारी कास्की क्षेत्र नम्बर १ को क बाट गठबन्धनका साझा उम्मेदवार माओवादीका दिपक कोइरालालाई पछि पार्दै विजयी हुनुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया