काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोटमा पुग्नुभएको छ ।
सत्ता गठबन्धनमा सरकार गठन गर्न सहमति नबनेपछि उनीहरू एमाले अध्यक्ष ओलीसँग वार्ताका लागि बालकोट पुग्नुभएको हो । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि ओलीसँग छलफल गरिरहनु भएको छ ।
बालुवाटारमा सहमति नभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालकोट जाँदैहुनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया