काठमाण्डौः नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् ।
आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो ।
तिलकुमार पनि संसदीय दलको नेतामा आकांक्षी थिए । उनैले कार्कीलाई प्रस्ताव गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया