काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवास शीतलनिवासतर्फ निस्किएका छन् ।
राष्ट्रपतिले सरकार गठनमा दिएको समयसीमा अहिले पाँच बजे सकिनु अगावै उनीहरू सात पार्टीको समर्थनसहित शीतलनिवास गएका हुन् ।
राष्ट्रपाति विद्यादेवी भण्डारीले सबैभन्दा ठूलो दल कांग्रेसलाई संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आग्रह गरेकी थिइन । कांग्रेसले सरकार गठन गर्न नसकेपछि दोस्रो ठूलो दल नेकपा एमालेले सरकार गठनमा भूमिका खेलेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया