काठमाण्डौः सरकार निर्माणमा असफल भएपछि नेपाली कांग्रेसभित्र सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको राजीनामा मागिएको छ ।
कांग्रेसका नेता गुरुराज घिमिरेले देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका हुन् । देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् । ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ’, घिमिरेले ट्विटरमार्फत भनेका छन् ।
देउवाको अपरिपक्क्व निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै कांग्रेसभित्र उनको चर्को आलोचना भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया