काठमाण्डौंः नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेस सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । घिमिरेले पार्टी सभापति र संसदीय दलको नेताबाट देउवाको राजीनामा मागेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै घिमिरेले पार्टीमा हिजो गठबन्धन नगरौं भन्दा भन्दै किन गरियो र आज किन जोगाउन सकिएन भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।’ उनले राजीनामा नदिए चाँडै बिशेष महाधिवेशन बोलाइने बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया