श्रावण ५, २०८२ सोमबार July 21, 2025

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छिन् । उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, दलको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरिएको छ भने प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गरिएको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ । मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले  आगामी २०८० साल वैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टीकापुरमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार