श्रावण ५, २०८२ सोमबार July 21, 2025

दाहाल नेतृत्वको सरकारमा सहभागी हुने जनमत पार्टीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बन्न लागेको सरकारमा जनमत पार्टी सहभागी हुने भएको छ ।

सो पार्टीको काठमाडौँमा भएको कार्यकारिणी समितिको भर्चुअल बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । पार्टी अध्यक्ष सिके राउतले काठमाडौँमा भर्चुअल बैठक गरी सरकारमा सहभागी हुने निर्णय गरिएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुने भए पनि कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने विषय टुङ्गो लागि नसकेको उहाँले उल्लेख गर्नुभयो । जनमत पार्टीमा छ सांसद हुनुहुन्छ ।

छ दलीय गठबन्धनको नेतृत्व गर्दै माओवादी अध्यक्ष दाहाल आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको शपथ भोलि हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार