असार ३२, २०८२ बुधबार July 16, 2025

ट्रान्सक्रिप्टको लागि आवेदन फाराम भरेपछीमात्रै दीक्षान्त समारोहमा भाग लिन पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीहरुले ट्रान्सक्रिप्टको लागि फाराम भर्न आग्रह गरेको छ ।

दीक्षान्त समारोह पूर्व निर्धारित समयमै आयोजना गर्न परीक्षा नियन्त्रण कार्यालयले कार्यहरु निरन्तर अगाडी बढाएको जानकारी गराउँदै समारोहमा भाग लिने विद्यार्थीहरुले ट्रान्सक्रिप्टको लागि फाराम भर्न आग्रह गरेको हो ।

विश्वविद्यालयबाट तोकिएको सम्पूर्ण मापदण्ड पूरा गरी उत्तीर्ण भएका विश्वविद्यालयको अठारौं दीक्षान्त समारोहमा भाग लिन इच्छुक विद्यार्थीहरुले पुस महिना भित्र ट्रान्सक्रिप्टको लागि आवेदन फाराम भर्नका लागि आग्रह गरेको छ ।

सूचनामा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया