श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेस बागमती संसदीय दलको निर्वाचन आज, बहादुर लामाको सम्भावना बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं :  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदैछ । दलको नेतामा सहमति जुट्न नसकेपछि आज हेटौडामा २ देखि ३ बजेसम्म मतदान हुन लागेको हो ।

निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले सार्वजनिक गरेको निर्वाचनको कार्यतालिका अनुसार मतदान सकिए लगत्तै गणना हुने र आजै मतपरिणाम सार्वजनिक हुनेछ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र बहादुर लामाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

मंगलबार मतदाता नामावली प्रकाशन गरिएको थियो । बेलुुका ४ बजे अन्तिम नामावली प्रकासित गरिएको हो ।

बिहान १० बजे उम्मेदवारको नामावली प्रकाशन र आजै दिउँसो २ बजेदेदि ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।

स्मरण रहोस, प्रतिनिधिसभा सदस्यको टिकटका दावेदार लामा मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा झरेर नुवाकोट २ को ख बाट भारी मतका साथ निर्वाचित भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार