कार्तिक २३, २०८३ सोमबार November 9, 2026

त्रिभुवन माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरेर मेला-महोत्सव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भेरी नगरपालिका-३ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा पठनपाठन बन्दा गरेर महोत्सव लगाएको छ ।  जाजरकोट उद्योग वाणिज्य संघले सोमबारदेखि १७ पुससम्म मेला आयोजना गरेको हो ।

तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरका ०३५ सालदेखि आयोजना गरिने उत्सव केही वर्षयता महोत्सवका रूपमा परिणत हुँदै आएको छ । विद्यालय हाताभित्र शैक्षिकबाहेक अन्य कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न नपाइने भए पनि यस विपरित पढाइ रोकेर मेला आयोजना गरिएको छ ।

विद्यालयमा बर्सेनी यसरी नै मेला आयोजना हुने गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र आयोजना हुने यस प्रकारका मेला–महोत्सव गर्नसम्बन्धित स्थानीय सरकारबाट लिखित अनुमति लिनुपर्ने व्यवस्था छ । तर, यहाँ त विद्यालयलाई नै नसोधेर कार्यक्रम भइरहेको पाइएको छ ।

‘कृषि, पर्यटन, कला, वातावरण तथा औद्योगिक व्यापार मेला–०७९’ नाम दिइएको यो महोत्सव आयोजना गर्न भेरी नगरपालिकाले अनुमति नदिएको नगर कार्यपालिकाका शाखा अधिकृत दलबहादुर घर्तीले बताए । विद्यालयमा यसरी महोत्सव लगाउन नदिने भनेर नगरपालिकाले एक वर्षअघि नै निर्णय गरेको दाबी गर्दै अधिकृत घर्तीले अनुमतिबिना कार्यक्रम हुन लागेको बताए ।

विद्यालयले अघिपछि हुने पर्व बिदा कटाएर पठनपाठनको क्षतिपूर्ति गर्ने प्रबन्ध मिलाएको बताउँदै प्रधानाध्यापक भक्तबहादुर मल्लले  बताए । तर मेला, महोत्सवका विषयमा आफ्नो गम्भीर असहमति रहेको बताए । महोत्सवका बेला हुने कुनै पनि भौतिक क्षति आयोजकले व्यहोर्ने भनेर विद्यालयसँग ६ बुँदे सहमति भएको विद्यालय प्रशासनले जनाएको छ ।

आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीले सदरमुकाम क्षेत्रमा मेला–महोत्सव गर्नका लागि ठाउँ नै नभएकाले विद्यालयमा आयोजना गर्नु आफूहरूको बाध्यता भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार