असार २४, २०८२ मंगलबार July 8, 2025

भारतबाट आएका ५१ जना स्थानीय क्वारेन्टाइनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारतको उत्तर प्रदेशको कानपुरबाट आएका ५१ जना स्थानीयलाई क्वारेन्टाइनमा राखिएको छ ।

सर्लाहीका लागि हिँडेका एक सय ८४ जना मध्ये ५९ जना सर्लाही आइपुगेका छन् । उनीहरु सुरक्षाकर्मीको आँखा छलेरे चन्द्रनगर गाउँपालिकामा आएपछि उनिहरुलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिएका छन ।

रातीको समयमा खेतको बाटो हुँदै उनीहरू चन्द्रनगर गाउँपालिका आइपुगेको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिएका छन ।

शनिवार सम्ममा आएका ५९ जना मध्ये पाँच जना ईश्वरपुर नगरपालिका, दुई जना चक्रघट्टा गाउँपालिका र एकजना हरिपुर नगरपालिकाका स्थानीयहरु भएकोले उनिहरुलाई सम्बन्धित पालिकाहरुमा नै पठाइएको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र साहले जानकारी दिएका छन ।

बाँकी सबैको स्वास्थ्य परीक्षण पश्चात वडा ६ स्थित मरिचमान सिंह जन्ता माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखि नियमित स्वास्थ्य परिक्षण भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहले बताएका छन ।

अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन् । नेपाल–भारत दुबै देशमा लकडाउन चलिरहेको अवस्थामा यतिका धेरै संख्यामा मानिस कसरी आए ? त्यति धेरै संख्यामा कसरी प्रवेश गरे आफूलाई अच्चम लागेको स्वास्थ्य शाखा प्रमुख शाहले बताएका छन ।

भारतबाट आउनेलाई रोक्नका लागि सीमामा निकै कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन ।

उनले ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइए पनि खुल्ला सीमा भएकाले रातीको समयमा खेत र आलीको बाटो प्रयोग गरी उनीहरू जिल्लामा प्रवेश गरेको बताएका छन ।

पूर्वको संग्रामपुरदेखि पश्चिमको बलरासम्म ५१ किलोमिटर सर्लाहीको सीमा पर्छ । जुन खुल्ला छ । भारतमै रोक्नका लागि पनि निकै प्रयास गरेका छौं । तर पनि कसरी छिर्यो अच्चम लाग्छ । चौबिसै घण्टा प्रहरीको निगरानी हुँदा पनि प्रवेश गर्न सफल भएका छन् ।’ अहिलेसम्म सर्लाहीको मात्रै एक सय २३ जना बिहारको विभिन्न क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसिले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार