असार ३२, २०८२ बुधबार July 16, 2025

उपकुलपति र रजिष्ट्रारको कार्यालयमा प्राध्यापक संघको तालाबन्दी

नयाँ नेतृत्वलाई विश्वविद्यालयले मान्यता नदिएको आरोपमा ४४ दिनदेखि तालाबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले मंसिर १ गतेदेखि उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला अहिलेसम्म खुल्न सकेको छैन । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको निर्वाचनलाई लिएर लगाइएको ताला ४४ दिन हुँदा पनि खुल्न नसकेको हो ।

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको निर्वाचनमा चुनिएर आएको नयाँ नेतृत्वलाई विश्वविद्यालयले मान्यता नदिएको आरोप लगाउँदै संघले उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तला लगाएको छ ।

कुल ९६ प्राध्यपकहरु मतदाता रहेको निर्वाचनमा ७५ मत ल्याएर विजयी हुँदा पनि विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रारले मान्यता नदिएका कारण ताला लगाइएको नवनिर्वाचित समितिका अध्यक्ष यज्ञ जम्मरकट्टेलले बताए । उनले विश्वविद्यालयसँग छलफल भइरहेको र सहमती नजिक पुगेको बताउँदै आफ्नो नेतृत्वको नयाँ समितिलाई स्विकार्नुपर्ने बताएका छन् ।

उनले भने “मैले ९६ मतदाता रहेको पूर्वाञ्चाल विश्वविद्यालय प्राध्यापक संघको निर्वाचनमा ७५ मत ल्याएर विजयी भएको छु, यसलाई उपकुलपतिले मान्यता दिन्न भन्नु भयो, तर अहिले छलफलको क्रममा मान्यता दिने भनेर मौखिक भन्नु भएको छ, हामीलाई लिखित रुपमा चाहिन्छ ।”

जम्मरकट्टेलले यो समस्या समाधानका लागि अध्ययन गर्न समिति बनाइएको र समितिको रिपोर्ट आएपछि ताला खोलिने खबर एजुकेशनलाई बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव प्रसाद कोइरालाले निर्वाचन सम्पन्न गर्दा आफुलाई अनौपचारीक जानकारी भएपनि औपचारीक रुपमा जानकारी नभएको र त्यो समयमा विदामा बसेकोले पछि मात्रै जानकारी पाएको बताए ।

उनले भने “कार्तिक २ गते निर्वाचन भएको रहेछ, म बिदामा थिए मलाई औपचारीक जानकारी आएन । पछि एकैचोटि कार्तिक २८ गते मलाई निर्वाचन भएको जानकारी गराईयो र निर्वाचन समितिको चिट्ठि दिइयो म अन्योलमा परे, मैले केही बुझ्न नपाउँदै मंसिर दुई गतेदेखि कार्यालयमा ताला लगाईयो ।”

त्यसैगरी कोइरालाले “रमेशराज जोशी अध्यक्ष रहेको नेपाल प्राध्यापक संघको केन्द्रीय कार्यालयले नियमावली विपरीत निर्वाचन भएकोले यसलाई मान्यता नदिन र अर्को निर्वाचन नहुन्जेसम्मका लागि पुरानैलाई आधिकारीक मान्यता दिन भन्दै पत्र लेखेपछि आफु झन् अन्योलमा परेको बताए ।”

साथै विश्वविद्यालयमा विवाद नहोस भनेर आफुले नेपाल प्राध्यापक संघबाट पदेन सदस्य रहने विश्वविद्यालयको सभामा समेत पुरानो वा नयाँ कुनै पनि पूर्वाञ्चल विश्वविद्यालय नेपाल प्राध्यापक संघको समितिका व्यक्तिलाई समावेश नगरेको जानकारी दिए । यादवले विश्वविद्यालय सुधारका लागि सबै एक भएर लाग्नुपर्ने बताउँदै नेपाल प्राध्यापक संघले नै यो समस्याको समाधान गर्दा राम्रो हुने धारणा खबर एजुकेशनलाई बताए । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन कार्तिक २ गते भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया