कार्तिक २३, २०८३ सोमबार November 9, 2026

इलाममा तीन दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

४० विद्यालयका तीन सय ५० विद्यार्थी र १ सय शिक्षक सहभागी प्रदर्शनीमा करफोक मावि प्रथम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इलाममा तीन दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको करफोक माविमा आयोजित सो प्रदर्शनी यही १५ गतेदेखि सुरु भएको थियो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको आधारभूत तह विज्ञान प्रदर्शनीमा करफोक मावि प्रथम बन्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको ज्योति माविले रु १५ हजार र तेस्रो बनेको सन्राइज अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ ।

यसैगरी आधारभूत गणित प्रदर्शनीमा करफोक विद्या मन्दिरले प्रथम स्थान हासिल गर्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको फिक्कल माविले रु १५ हजार र तेस्रो नर्वदा कल्याण अङ्ग्रेजी विद्यालयले रु १० हजार प्राप्त गरेको छ ।

माध्यमिक तहतर्फ गणित प्रदर्शनीमा हेरोहल एकाडेमीले प्रथम स्थान हासिल गर्दै रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको कृष्णाश्रम माविले रु १५ हजार र तेस्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकडेमीले रु १० हजार प्राप्त गरेको छ ।

माध्यमिक तह विज्ञान प्रदर्शनीमा फिक्कल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रु २० हजार प्राप्त गरेको छ । दोस्रो बनेको एभरल्यान्ड इन्टरनेशनल एकाडेमीले रु १५ हजार र तेस्रो बनेको पञ्चकन्या बोडिङ स्कुलले रु १० हजार प्राप्त गरेको छ ।

शिक्षाका प्रमुख योगनिधि भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख रणबहादुर राईले यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जानकारी दिनुभयो ।

प्रदर्शनीमा ४० विद्यालयका तीन सय ५० विद्यार्थी र एक सय शिक्षक सहभागी थिए । प्रदर्शनीको दैनिक एक हजार पाँच सयभन्दा बढीले अवलोकन गरेको जनाइएको छ । प्रदर्शनीमा प्लाटोनियम र भिर सेटसमेत अवलोकनको लागि राखिएको थियो ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार