काठमाण्डौंः लगातारको सितलहर तथा हुस्सुले रुपन्देहीलगायत तराईका जिल्लाहरूको जनजीवन कष्टकर बन्दै गएको छ । वृद्धवृद्धा एवम् बालबालिकाहरूमा चिसोको प्रभाव धेरै परेको छ ।
यसैबीच बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै रुपन्देहीको रोहिणी गाउँपालिकाले ६ दिनका लागि सम्पूर्ण विद्यालयहरू बन्द गर्ने भएको छ ।
जाडो बढेकाले बालबालिकाहरूको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।
गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकूल भई जाडो बढेकाले वर्षे विदाबाट कटौती हुने गरी ६ दिनका लागि विद्यालयहरू बन्द रहने जनाएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया