असार ३२, २०८२ बुधबार July 16, 2025

सितलहर बढेपछी महोत्तरीका ७ पालिकाका सामुदायिक विद्यालय बन्द

मट्टिहानी नगरपालिकाले पौष २० गतेवाट बिदा दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाक्लो हुस्सु र सितलहर वढेपछी महोत्तरीमा सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् ।

अत्याधिक जाडो वढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका  स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् । अहिलेसम्म जिल्लामा ७  पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ ।

बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका  गरि ७ पालिकाहरुमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।

सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् । जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेवाट बिदा दिने त्याहाको शिक्षा साखाले जानकारी दियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया