कार्तिक २३, २०८३ सोमबार November 9, 2026

पूर्वविद्यार्थीद्वारा दिक्तेल बहुमुखी क्याम्पसलाई पुस्तक सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दिक्तेल बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीले दिक्तेल क्याम्पसलाई पुस्तक सहयाेग गरेका छन् । डा. धनप्रसाद सुबेदी नेतृत्वको दिक्तेल बहुमुखी क्याम्पस पूर्वविद्यार्थी मञ्चले क्याम्पसलाई २४ हजार ६ सय ४१ रुपैयाँ बराबरको पुस्तक प्रदान गरेको हो ।

विभिन्न दाताबाट जुटाइएको २३ प्रकारका एक सय आठ थान पुस्तक मञ्चका उपाध्यक्ष राजेन्द्र राईले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद रिजाललाई मंगलबार  हस्तान्तरण गरेका हुन् । विद्यार्थीलाई पाठ्यक्रम र सन्दर्भ सामग्रीका रुपमा उपयोग हुने पुस्तकहरू संकलन गरी प्रदान गरेकाे मञ्चले जनाएको छ ।

मञ्चले साझा कथा, नासो, ऋतुविचार, राजेश्वरी, सुलोचना, नरेन्द्र दाई, लक्ष्मी निबन्ध संग्रह, भाषा पाठ्याक्रम, प्रयोगित भाषा विज्ञानलगायत पुस्तक प्रदान गरेको छ । मुन्धुम अध्येता भोगीराज चाम्लिङ, डा. बिष्णुकुमार सिंजाली, बम बानियाँ र राजुविक्रम चाम्लिङको सहयोगमा क्याम्पसका लागि पुस्तक जुटाएको मञ्चका उपाध्यक्ष राईले बताए ।

क्याम्पसलाई पुस्तक उपलब्ध गराएकामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रिजाल र क्याम्पस प्रमुख हिराकुमार राईले धन्यवाद ज्ञापन गरेका छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, प्राध्यपक, जनप्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

०३७ सालमा त्रिविबाट सम्बन्धन प्राप्त गरेको दिक्तेल बहुमुखी क्याम्पसमा ०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरिएको हो । जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल क्याम्पसमा खोटाङबाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन् । हाल साँढे आठ सय विद्यार्थी अध्ययनरत क्यम्पसलाई क्युएएको प्रकृयामा अघि बढाइसकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार