कार्तिक २३, २०८३ सोमबार November 9, 2026

झापामा कबड्डी खेल्नेक्रममा विद्यार्थीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कबड्डी खेल्नेक्रममा झापाको दमक नगरपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका-४ घर भई दमक-४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय लाप्टुक भोटेको मृत्यु भएको हो ।

विद्यालयले बुधबार दिउँसो आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे अचानक बेहोस भएर मैदानमा लडेका थिए । उनको उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार भोटे संखुवासभा जिल्लास्तरीय कबड्डी खेलाडी हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार