काठमाडौंः अपि पावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३९४७ नगद लाभांश गरि कुल ७ दशमलव ८९४७ बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा बितरण हुने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया