असार ३२, २०८२ बुधबार July 16, 2025

बाँकेमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बन्द

भोलिदेखि लागू हुने गरी तीन दिनका लागि विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन् ।

सोही क्रममा नरैनापुर गाउँपालिका शिक्षा शाखाले भोलिदेखि लागू हुने गरी तीन दिनका लागि विद्यालय बन्द गरेको छ । चिसोका कारण भोलिदेखि २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको नरैनापुर गाउँपालिकाले जानकारी दिएको छ ।

बाँकेमा चिसो अत्यधिक बढेपछि उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयमा पुस २४, २५ र २६ गते तीन दिन बिदा दिने निर्णय नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताउनुभएको छ ।

केही दिनयता बढेको अत्यधिक चिसोका कारण विद्यार्थीहरूमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा समेत असहज वातावरण सिर्जना भएकाले नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन विद्यालयमा बिदा दिने निर्णय गरेको थियो । चिसोलाई मध्यनजर गरी खजुरा गाउँपालिकाले पनि बिदा दिइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया