श्रावण १३, २०८३ बुधबार July 29, 2026

बाँकेमा चिसोका कारण तीन दिन शैक्षिक संस्था बन्द

भोलिदेखि लागू हुने गरी तीन दिनका लागि विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेमा अत्यधिक चिसो र शीतलहर बढेपछि तीन दिनका लागि शैक्षिक संस्था बन्द गरिएका छन् ।

सोही क्रममा नरैनापुर गाउँपालिका शिक्षा शाखाले भोलिदेखि लागू हुने गरी तीन दिनका लागि विद्यालय बन्द गरेको छ । चिसोका कारण भोलिदेखि २४ गतेसम्मका लागि विद्यालय बन्द गरिएको नरैनापुर गाउँपालिकाले जानकारी दिएको छ ।

बाँकेमा चिसो अत्यधिक बढेपछि उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयमा पुस २४, २५ र २६ गते तीन दिन बिदा दिने निर्णय नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताउनुभएको छ ।

केही दिनयता बढेको अत्यधिक चिसोका कारण विद्यार्थीहरूमा आउन सक्ने स्वास्थ्य समस्या र पठनपाठन प्रक्रियामा समेत असहज वातावरण सिर्जना भएकाले नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन विद्यालयमा बिदा दिने निर्णय गरेको थियो । चिसोलाई मध्यनजर गरी खजुरा गाउँपालिकाले पनि बिदा दिइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार