काठमाण्डाैंः नेपाल बीमा प्राधिकरणबाट बीमा अभिकर्ताकाे इजाजत पत्र प्राप्त गर्नकाे लागी ईच्छुक संस्थाकाे प्रतिनिधि वा ईच्छुक व्यक्तिले विद्युतीय माध्यम (सूचना प्रविधि) मार्फत् परिक्षामा अनिवार्य सहभागी हुनुपर्ने भएकाे छ ।
प्राधिकरणकाे संचालक समितिबाट स्वीकृत भएकाे एक महिनाभन्दा लामाे अवधिपछि सार्वजनिक गरिएकाे बीमा मध्यस्थकर्ता (अभिकर्ता) परिक्षा सचालन सम्बन्धी निर्देशिका २०७९ मा अनिवार्यरूपमा अनलाइन परिक्षामा सहभागी हुनुपर्ने प्रावधान छ ।
परिक्षामा सहभागी हुँदा परीक्षार्थीले परिक्षा अवधिभर पूरै अनुहार देखिने र आवाज प्रष्ट सुनिने गरी भिडियाे क्यामेरा सुचारु राख्नुपर्नेछ। परिक्षार्थीहरु क्यामेरा भएकाे माेबाइल फाेन, ल्यापटप, डेस्कटप कम्प्युटर वा ट्याबकाे सहायतामा प्राधिकरणले उपलब्ध गराउने युजर आइडी प्रयाेगकर्ता (पहिचान संकेत) र पासवर्ड (कुन्जी) प्राधिकरणकाे परिक्षा संचालन सम्बन्धी वेबसाइट(पाेर्टल)मार्फत्र परिक्षामा सहभागी हुन सक्नेछन् ।
२०७९ मंसिर ७ गते प्राधिकरणकाे संचालक समितिबाट स्वीकृत भए पनि २०७९ पाैष १८ गते मात्र प्राधिकरणले सार्वजनिक गरेकाे याे निर्देशिका तुरून्त लागू हुने उल्लेख गरिएकाे छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया