काठमाण्डौः त्रिभुवन विश्वाविद्यालयले बीए एलएलबी प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिवि कानुन संकायले गत मंसिर १७ गते बीए एलएबीको प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षा लिएको थियो ।
जसअनुसार लिखित परीक्षामा सहभागी भएकामध्येबाट नेपाल ल क्याम्पसका लागि १०५, पृथ्वीनारायण क्याम्पसका लागि ७० र नेशनल ल कलेजका लागि १०५ गरी कुल २८० जना उत्तीर्ण भएका हुन् ।
त्रिवि कानुन संकायका डीन कृष्ण प्रसाद बस्यालले सम्बन्धित कलेजहरुलाई विद्यार्थी भर्ना गर्नका लागि अर्को सूचना पर्खिन सूचित गरेका छन् । यस्तै रोल नम्बर ८०४२६ र ८०७०८ का विद्यार्थीहरुको परीक्षाफल रद्द गरिएको पनि सूचनामा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया