कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

ग्लोबल आईएमई र बीओके एकीकृत कारोबार सोमबारबाट

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएको ग्लोबलमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी समाहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले शनिबार संयुक्तरूपमा मर्जर सन्देशको देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेका छन् ।

यी दुवै बैंकले आपूहरू मर्जरमा गएको सन्देश दिन शनिबार यस्तो कार्यक्रम गरेका हुन् । ग्लोबल र बीओके बैंक मर्जरका अवसरमा दुई बैंकले संयुक्तरूपमा काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख सहरमा प्रभातफेरि गरेको थियो ।  मर्ज भएर नयाँस्वरूपमा सञ्चालनमा आउने ग्लोबल र बीओकेले आगामी सोमबारदेखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दै छन् ।

प्रभात फेरि कार्यक्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायत दुई बैंकका एक हजारभन्दा बढी कर्मचारीको उपस्थिति थियो ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिंड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यका बाहिर पनि मुख्य–मुख्य सहरमा परिक्रमा गरेका थिए ।

मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब र कुल कर्जा ३७९ अर्बभन्दा बढी भएको छ । मर्जरपछि नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले देशको सबैभन्दा ठूलो बैंक बनेको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबलका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूका तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने सहमति छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएको ग्लोबल आईएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित छन् ।

दुई बैंकको मर्जरपछि कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ बिस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आईएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार