कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

प्राइम, गुराँस र युनियन लाइफ मर्ज भएर हिमालयन लाइफ इन्सुरेन्स बन्ने, चुक्ता पुँजी ७ अर्बभन्दा बढी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : तीन वटा जीवन बिमा कम्पनीहरुले एकआपसमा मर्जर जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले मर्जरमा जाने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।यी कम्पनीले मर्जर पश्चात् हिमालयन लाइफ इन्सुरेन्सको नामबाट कारोबार गर्ने सम्झौता गरेका छन् ।

कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थानमा हुनेछ । त्यस्तै कम्पनीको अध्यक्ष सुलभ अग्रवाल हुनेछ भने सिइओ मनोज लाल कर्ण हुनेछन् । त्यस्तै गुराँस लाइफका सिइओ र प्राइम लाइफका कामु सिइओ डेपुटी सिइओको हुने सहमती भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास आनुसार प्राइम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड, गुराँस लाइफको २ अर्ब ८ कारोड र युनियन लाइफको २ अर्ब  १५ करोड रुपैयाँ रहेको छ । तीन कम्पनीबीच एक आपसमा एक बराबर एक अनुपातमा गाभिने सम्झौता भएको हो । मर्जपछि चुक्ता पुँजी ७ अर्बभन्दा धेरै पुग्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार