कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

अपि पावरले १ करोड ६५ लाख बढी हकप्रद शेयर निष्काशन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १ः०.४० को अनुपातमा हुन आउने १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो । कम्पनीको २०७९ माघ २ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले जारी गरेको उक्त हकप्रद भने विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भए पश्चात कम्पनीको आर्थिक वर्ष २०७८ ०७९ को १९ औं वार्षिक साधारणसभाले अनुमोदन गर्नुपर्नेछ । जसपश्चात नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि पेश भई हकप्रद शेयर जारी तथा निष्काशनको स्वीकृति प्राप्त भएपश्चात मात्र हकप्रद शेयर निष्काशन तथा बिक्रि गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीले नौगाड गाढ जलविद्युत आयोजना मार्फत ८.५ मेगावट, अप्पर नौगाड गाढ जलविद्युत आयोजनाबाट ८ मेगावट, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाबाट ४ मेगावट, ढल्केवर सौर्य विद्युत आयोजनाबाट १ मेगावट र सिमरा सौर्य विद्युत आयोजनाबाट १ मेगावट विद्युत उत्पादन गर्दै आएको छ । उक्त आयोजनाहरुको संचालनका लागि लिएको कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ऋणमोचनका लागि कम्पनीले हकप्रद शेयर निष्काशनको तयारी गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार