कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कालिञ्चोक दर्शनको आईपीओमा दुई दिनमै ८ लाखको आवेदन पर्यो

आईपीओ निष्काशन गरेको दोस्रो दिनमै कम्पनीले बिक्रि गरिएको आईपीओ कित्ताभन्दा १० गुणा बढी कित्ताको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा ७ लाख ८४ हजार ६३२ जनाको आवेदन परेको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्मका लागि सर्वसाधारणमा आईपीओ बिक्रि खुल्ला गरिएको थियो ।

आईपीओ निष्काशन गरेको दोस्रो दिनमै कम्पनीले बिक्रि गरिएको आईपीओ कित्ताभन्दा १० गुणा बढी कित्ताको माग भएको छ । हाल ७ लाख ८४ हजार ६३२ जनाले ९२ लाख ३६ हजार ९५० कित्ता शेयरका लागि आवेदन परेको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको ६० करोडको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । जसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजारीमा गएकालाई निष्काशन गरिसकेको छ ।

साथै ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक नागरिक लगानी कोषमा बाँडफाँड गरिएको । दुई प्रतिशत कर्मचारीका लागि छुट्याएको छ भने बाँकी रहेको ८ लाख ९६ हजार ४ सय कित्ता शेयर भने सर्वसाधारण नेपालीका लागि छुट्याएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार