वैशाख २४, २०८१ सोमबार May 6, 2024

भिभो वाई २२ सिरिज : सुलभ मूल्यमा असाधारण पर्फमेन्श तथा उत्कृष्ट क्यामेरा

वाई २२ मा शक्तिशाली मिडिया टेक हेलियो जी८५ प्रोसेसर छ, भने वाई२२ एसमा स्न्यापड्रेगन ६८० प्रोसेसर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : संसार द्रुत गतिमा विकसित भइरहेको छ, लगभग हरेक प्रकारको व्यापार वा संचार स्मार्टफोन मार्फत सञ्चालन हुने गर्दछन् । हामी किनमेल गर्नदेखि सामाजिक सञ्जाल चलाउन, मनोरञ्जनका लागि तथा नयाँ स्थानहरू खोज्न समेत स्मार्टफोनको प्रयोग गर्छौ ।

यद्यपी स्मार्टफोन प्रयोगको चेकलिस्ट बनाउँदा छोटो भएपनि यसप्रति हाम्रो निर्भरता धेरै छन् । त्यसैले हामी कम मुल्यमा उच्च गुणस्तरिय स्मार्टफोन मन पराउँछौं । ग्राहकहरुको यही आवश्यकता एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्ड, भिभोले पुरा गर्दै आइरहेको छ । भिभोले केहि समय अघि आफ्नो युवा केन्द्रित वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरू –वाई २२ र वाई २२एस सार्वजनिक गरेको थियो ।

भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित छन् । तपाईंका लागि यो कसरी अर्को उत्तम स्मार्टफोन हुन सक्छ आउँनुहोस् हेरौं ।

१. तपाईको स्टाइलसँग मेल खाने फोनः

वाई २२ र वाई २२एस दुई उत्कृष्ट र आकर्षक कलर भेरियन्टमा आउँछन् । यसको स्टारलिट ब्लू कलर भेरियन्टले ब्रम्हाण्डको चम्किलो ताराहरुको आभास गराउँदछ । यो फिंगरप्रिन्ट प्रतिरोधी हुनका साथै हातमा बोक्न पनि सहज र आरामदायक छ । त्यस्तै वाई२२ को मेटाभर्स ग्रीन र वाई२२एस को समर क्यान कलर भेरियन्ट मेटाभर्सबाट प्रेरित भएर उन्नत टेक्स्चरिंग प्रविधिहरू मार्फत बनाइएको छ ।

२. आकर्षक डिजाइनः

वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भएपनि निकै आकर्षक छ । यो उपकरणको करनरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २.५डी वक्रता छ । यसमा पछाडि दुईवटा ठूला क्यामेराहरू छन् जसले परिष्कृत र सुन्दर तस्वीरहरु खिच्छ । यसमा एन्टी–ग्लेयर (एजी) फ्रोस्टेड सतह छ जसले स्क्र्याच र फिंगरप्रिन्ट प्रतिरोधी बनाउँदै मजबुद अनुभूति दिन्छ । यसमा साइड फिंगरप्रिन्ट स्क्यानर र फेस वेक प्रकार्य जस्ता नयाँ सुविधाहरू पनि समावेश छन् । साइड फिंगरप्रिन्ट डिजाइनले स्मार्टफोनहरूलाई पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर थप सौन्दर्यपूर्ण रूप दिन्छ । वाई२२ सिरिजको ६.५५ इन्चको एचडी कलर–रिच स्क्रिनले प्रयोगकर्ताहरूलाई एकदम स्पष्ट र गुणस्तरिय जीवन्त दृश्य प्रदान गर्दछ । साथै आँखाको सुरक्षाका लागि आई प्रोटेक्शन मोड पनि छ ।

३. लामो समयसम्म टिक्ने ब्याट्रीः

उत्कृष्ट गुणस्तरको क्यामेरा र पर्फमेन्शका लागि ब्याट्रीको पनि उत्तिकै अहम भूमिका हुन्छ । भिभो वाई२२ सिरिजमा ५००० एमएएच ब्याट्री र १८ वाट्टको टाईप सी चार्जर छ । यी स्मार्टफोनहरू गेमहरू खेल्न र अनलाइन चलचित्रहरू स्ट्रिम गर्नका लागि पनि उत्तम छन् । वाई २२ मा शक्तिशाली मिडिया टेक हेलियो जी८५ प्रोसेसर छ, भने वाई२२ एसमा स्न्यापड्रेगन ६८० प्रोसेसर छ । वाई२२ एसमा अल्ट्रा गेम मोडको साथमा मल्टि–टर्बो ५.५ सहितको एआई पावर सेभिङ टेक्नोलोजीसँग जोडिएको छ जसको चार्ज स्ट्यान्डबाइ अवस्थामा दुई दिनभन्दा बढि टिक्छ ।

४. उच्च गुणस्तरमा आफ्नो मनपर्ने क्षणहरू कैद गर्नुहोस्ः

दुबै मोडेलमा ५० एमपी रियर क्यामेरा छ जसले ग्राहकहरूको समग्र फोटोग्राफी र भिडियोग्राफी अनुभवहरू बढाउँछ । चाहे तपाइँको मनपर्ने डिनर कार्यक्रम होस्, वा एक प्रोफेशनल हेडशट, वाई २२ सिरिजको क्यामेराले जुन कुनै परिस्थितिहरूमा पनि कहिले निराश गर्दैन । यसको भिडियो फेस ब्यूटी मोडले प्रयोगकर्तालाई उत्कृष्ट सेल्फी वा भिडियो खिच्न मद्दत गर्दछ । पछाडिको क्यामेरामा, सुपर नाइट मोडले बहु–फ्रेम डि–नोइजिङको प्रयोग गर्दछ जसले प्रयोगकर्ताहरूलाई कम उज्यालो अवस्थामा पनि रातको सुन्दर दृश्यहरू खिच्न अनुमति दिन्छ । अर्कोतर्फ, मल्टि स्टाइल पोर्टेटले व्यक्तिगत पोर्टेट खोज्ने प्रयोगकर्ताहरूको लागि विभिन्न पोर्टेट सुविधाहरु प्रदान गर्दछ । फोनमा ८एमपी एचडी फ्रन्ट क्यामेरा छ, जसले तपाईंलाई उज्यालो, स्पष्ट सेल्फीहरू लिन सक्षम बनाउँछ । सुपर नाइट सेल्फी मोडले कम उज्यालो अवस्थामा शीर्ष ग्रेड सेल्फी पोर्टेटहरु खिच्न मद्दत गर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लखनउलाई ९८ रनले हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा
२०८१ वैशाख २४, सोमबार
रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको
२०८१ वैशाख २४, सोमबार
नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता
२०८१ वैशाख २३, आइतबार
राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण
२०८१ वैशाख २३, आइतबार
प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
२०८१ वैशाख २३, आइतबार
पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा
२०८१ वैशाख २३, आइतबार
सेयर बजारमा २४.५८ अंकको गिरावट
२०८१ वैशाख २३, आइतबार