कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुनको भाउ घट्यो , कतिमा हुँदैछ कारोबार ?

सुन आज तोलामा २ सयले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज आइतबार सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ। गत शुक्रबार तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी तेजाबी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया