काठमाडौंः कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयर सदस्यलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७८७९ को नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर लाभांश दिने भएको हो ।
साथै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत लघुवित्तले गरेको छ । शुक्रबार बसेको लघुवित्त सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।
प्रस्तावित लाभांश भने नियामक राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको वार्षिक साधारणबाट पारित भएपछि सेयर धनीहरुलाई वितरण हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया