असार २४, २०८२ मंगलबार July 8, 2025

जाडोमा कपालको स्याहार कसरी गर्ने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंःजाडो यामको सुरुवात भइसकेको छ । विशेषगरि जाडो मौसममा हामीलाई विभिन्न समस्याले सताउने गर्दछ।

जसमध्येको एक हो कपालको समस्या। कपाल मानव शरीरको महत्वपूर्ण अंग हो । यसले हामीलाई सुन्दर र आकर्षक मात्र देखाउँंदैन छालाको हेरचाह गर्नमा पनि ठूलो भूमिका खेलेको हुन्छ।

जाडो मौसममा तपाईंले अनुभव गर्नुभएकै होला, जति जति जाडो बढ्दैछ, कपाल उत्तिनै रुखो भएको त्यसैले मौसम अनुसार कपालको हेरचाहमा फेरबदल गर्नु आवश्यक छ।जाडो समयमा पर्याप्त कपालको हेरचाह र सरसफाइमा ध्यान दिनुपर्छ। जाडोमा पर्याप्त हेरचाहको कमीले गर्दा कपालमा सुख्खापन आउने, चाया पर्ने, कपाल टुक्रने धेरैले झेल्दै आएको प्रमुख समस्या हो।

अझ यो मौसममा चिसोबाट जोगिन सामान्यतया स्कार्फ वा टोपी लगाइने गरिन्छ। यसले झन् हाम्रो कपाल बिग्रने गर्दछ । कपाललाई लामो समयसम्म बाँधेर, गुम्साएर राख्नाले कपालमा चिपचिपपन आउने गर्दछ । यसरी आउने चिपचिपपनले चायाँ पार्ने गर्दछ।

जाडोमा धेरैले चिसोबाट बच्न हिटरको प्रयोग गर्ने गर्छन् । यसले कपालमा भएको कोमलता कम गरिदिन्छ । त्यसैले चिसोमा छालाको सुरक्षामा हामी जुनरुपमा सजग हुन्छौं कपालको सुरक्षामा पनि त्यति नै ध्यान दिनु आवश्यक छ ।

सामान्यतया कपाल दिनमा १०० वटा झर्नै पर्छ । यदि हामी हप्तामा एक दिन मात्र नुहाउँछौँ भने ७ दिनमा ७०० कपाल झर्नुलाई सामान्य मानिन्छ । तर, यो भन्दा धेरै झरेमा भने राम्रोसँग हेरचाह गर्नुपर्छ।

चोट पटक लागेर, पोलेर, घाउ खटिरा आएर र फङ्गल इन्फेक्सनबाट कपाल झर्नुलाई स्कारिङ एलोपेसिया भनिन्छ । स्कारिङमा कपाल जरैबाट नष्ट भएको हुन्छ, यस्तोमा कपाल पुनः पलाउने अवस्था हुँदैन । त्यस्तै, नन स्कारिङमा वंशाणुगत कारण मुख्य मानिन्छ । हर्मोनमा आउने परिवर्तनले कपाल झर्ने गर्छ । त्यसैगरी कुनै रोगका कारण पनि कपाल झर्न सक्छ ।

कपाल झर्नुका कारणहरू :

–स्ट्रेस कपाल झर्नुको अर्को मुख्य कारण हो।

–मानिसको जीवनमा आउने परिवर्तनहरू जस्तोः विवाह हुनु, बच्चा जन्मनु कपाल झर्ने अर्को अवस्था हो।

–महिनावारी नियमित नहुने, इमरजेन्सी पिल्स खाने महिलाहरूमा कपाल झर्ने समस्या बढी पाइन्छ।

–मोटोपना पनि कपाल झर्नुको अर्को कारण हो।

–थाइराइड भएका मनिसमा कपाल झर्ने समस्या बढी हुन्छ।

–जङ्क फुड धेरै खानेहरूमा पौष्टिक आहारको कमी हुन्छ, जसले गर्दा कपाल झर्ने समस्या बढ्छ।

–अपत्यारिला खबरहरू सुन्दा पनि त्यसको असर कपालमा पर्छ । कुनै घटनाबाट झड्का लाग्दा मानिस मानसिक रूपमा कमजोर बन्ने भएकाले यसको असरले कपाल झर्छ।

–नेपालीमा विशेष गरेर भिटामिन डी डिफिसियन्सी हुन्छ । यो पनि कपाल झर्नुको अर्को कारण हो। ९० प्रतिशत कपाल झर्ने समस्या भएका बिरामीमा भिटामिन डी डिफिसियन्सी पाइएको छ । त्यस्तै भिटामिन बी को कमी अनि आइरनको कमीले पनि कपाल झर्छ।

–कपाल झर्नुमा कपालको स्याहार गर्ने खराब तरिका पनि अर्को कारण हो। कसैले कपालको स्याहार नगरेर झर्छ भने कतिको स्याहार बढी गरेर झर्छ।

–बढ्दो केमिकलको प्रयोगले कपाल झर्ने मात्र होइन, चायाको समस्या पनि झनै बढेको छ।

–चाया भनेको फङ्गल इन्फेक्सन हो, जुन ओसिलो ठाउँमा बढी हुन्छ । कपाल नुहाएपछि राम्रोसँग नसुकेमा चायाको समस्या बढ्छ।महिला स्वास्थ्य

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार