वैशाख २९, २०८१ शनिबार May 11, 2024

लागूऔषधसहित दुईजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ३४ वर्षीय किरण मगर र पर्सा वीरगञ्ज महानगरपालिका–३२ चोर्नी बस्ने २५ वर्षीय मुन्ना महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको  हो ।

प्रहरीले मगरलाई विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध लुपिजेसिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाइजेपाम १२ एम्पुल र फेनारगन १२ एम्पुल र महतोलाई सिरहा, नरहा गाउँपालिका–३ चोहर्वाबाट नाईट्राभेट १२६ ट्याब्लेट र कोरेक्स १०० एमएलको १ बोतलसहित पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो रानी विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मगरलाई पक्राउ गरेको हो । महतोलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक
२०८१ वैशाख २९, शनिबार
चतराधाममा पूर्ण महाकुम्भ समापन : चालिस लाख भक्तद्वारा स्नान, दर्शन
२०८१ वैशाख २९, शनिबार
चिकित्सकलाई काबुमा राख्न नेपाल मेडिकल काउन्सिलले जारी गर्यो आचार संहिता
२०८१ वैशाख २९, शनिबार
दुई किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
२०८१ वैशाख २९, शनिबार
सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता : मन्त्री शर्मा
२०८१ वैशाख २९, शनिबार
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ
२०८१ वैशाख २९, शनिबार
विकासको मामिलामा राजनीति गर्नु हुँदैन : उपप्रधानमन्त्री महासेठ
२०८१ वैशाख २९, शनिबार